logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सडक डिभिजन कार्यालय सिराहाका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


  • जन आकाश
  • बिहिबार, असोज ३० २०८२

काठमाडौं । सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजन इन्जिनियर (कार्यालय प्रमुख) सहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।



अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय प्रमुख रविन्द्रलाल दाससहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।रविन्द्रलालसहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सव इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जयररब्बानी जेभी कन्स्ट्रक्सनका प्रोपाराइटर जफिर कवारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

कल्याणपुर नगरपालिका(५) चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान योजनामा भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए। उनीहरूले २ करोड ३४ लाख९९ हजार ९४५ रूपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend