logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने ३०४ मोटरसाइकल प्रहरीको नियन्त्रणमा


  • जन आकाश
  • शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । स्वरूप परीवर्तन गरिएका तीनसय चारवटा मोटरसाइकल प्रहरीले काठमाडौँ र पोखराबाट नियन्त्रणमा लिएको छ।



विभिन्न पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गरि ध्वनी प्रदुषण गर्दै समाजमा शान्ति सुव्यवस्था खलल पारेको आरोपमा प्रहरीले ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चालकलाई नियन्त्रणमा लिएर दुईसय मोटरसाइकल बरामद गरिएको जनाएको छ। त्यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीले पनि पाटपुर्जा फेरेर स्वरुप परिवर्तन गरेर ध्वनी प्रदूषण गर्दै हिँड्ने १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend