जन आकाश
काठमाडौं । गायक बाबुल गिरीलाई प्रहरीले बोलाएर सोधपुछ सुरु गरेको छ । शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो । उनका अनुसार शनिबार नितु पौडेलले गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend