जन आकाश
काठमाडौं । सपालिको तिहारमा फूल महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन्। विदेशी फूल आयातमा रोक लगाएपछि फूल महँगो हुन पुगेको हो।
बजारमा पर्याप्त फूल नभएको कारण महँगो हुन पुगेको उपभोक्ताहरूको गुनासो छ। गत वर्षहरूमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरूको भनाइ छ।
नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ। विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरूले बताएका छन्। प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरूले स्वागत गरेका छन् । उनीहरूले बजार अनुगमनको पनि खाँचो औंल्याएका छन्।
फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरूको बजारमा घुइँचो लागेको छ। काठमाडौं महानगरपालिकाले तिहारको लागि फूल र माला बेच्नको लागि ३२ स्थान तोकिदिएको छ।
सोमबार लक्ष्मीपूजा भएकोले पनि बजारमा फूल किन्नको लागि विशेष चहलपहल बढेको हो। तिहारमा नेपालीहरूले फूलले घर सजाउने गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend