जन आकाश
विनोद नेपाली
काठमाडौं । दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राखम, कर्णालीमा जातीय विभेदका कारण एक दलित महिलामाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। स्थानीयका “अनुसार पानी छोएको विवादलाई लिएर गैरदलित समुदायका व्यक्तिहरूले ती महिलामाथि कुटपिट गरेका हुन्”।
घटना बाहिरिएपछि गाउँमा तनाब सिर्जना भएको छ। पीडित पक्षले न्यायको माग गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले यस घटनाको कडा निन्दा गर्दै यसलाई समाजको लाजमर्दो अवस्था भएको बताएका छन्। उनीहरूले भने, “२१औं शताब्दीमा पनि जातीय विभेदका कारण महिला हिंसाको घटना हुनु दुःखद र अस्वीकार्य कुरा हो। दोषीलाई कानुन अनुसार सजाय दिनुपर्छ।”
कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा सामाजिक सहअस्तित्व र समानताको कुरा अगाडि बढ्दै गए पनि यस्ता घटनाले फेरि एकपटक जातीय विभेद समाप्त गर्ने प्रयासलाई चुनौती दिएको देखिएको छ।
यस घटनाले कर्णालीमा जातीय समानता, सामाजिक न्याय र सहअस्तित्वको विषयमा गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend