जन आकाश
काठमाडौं । नेपाल – नोभेम्बर ०५, २०२५ – टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता-मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ।
टिकटकले क्रिएटरहरूलाई Safety and Productivity tools तययकि उपलब्ध गराउँदै आएको छ, जसले उनीहरूलाई कन्टेन्ट बनाउन, फ्यानहरूसँग जोडिन र आफ्नो उपस्थितिमाथि नियन्त्रणको अनुभूति पाउन मद्दत गर्छ। यी सुविधाहरूले अनावश्यक व्यवहारबाट क्रिएटरलाई जोगाउँछन् र सामग्री तथा दर्शकसँगको अन्तरक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्छन्।
टिकटकले Creator Care Mode नामक नयाँ फिचर लन्च गरेको छ जुन विशेष गरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ। एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरूलाई स्वचालित रूपमा हाइड गर्दिन्छ।
यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ। यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, जसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्दछ।
साथै, कन्टेन्टलाई निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरहरूका लागि टिकटकले सुधारिएको Live Muting Tool गरेको छ। अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्छन्। होस्ट वा कुनै पनि मोडरेटरले कुनै शब्द वा इमोजी टुलमा टाइप गरेपछि त्यस्तो कमेन्ट च्याटमा देखिँदैन र यस अघि वा भविष्यमा त्यस्तो कमेन्ट गर्ने प्रयोगकर्ता अटोमेटिक रूपमा होस्टले चाहेको अवधिभर म्यूट हुन्छन्।
यो सुविधा आजबाट विश्वभरका सबै क्रिएटरहरूका लागि उपलब्ध छ र लाइभका दौरान पटक पटक गरिने कमेन्ट म्युट र ब्लक गर्ने क्रियटरका लागि सक्रिय रूपमा उपलब्ध हुनेछ। टिकटकको बल्क म्युट फिचरले लाइभमा हुने अन्तरक्रियालाई अझ नियन्त्रणयोग्य बनाउँछ र सम्मानजनक अन्तरक्रिया तथा कम्युनिटी निर्माण गर्न मद्दत गर्छ।
यसले क्रिएटर र दर्शक दुवैका लागि सुरक्षित, आकर्षक र रियल-टाइम कम्युनिटी स्पेस सुनिश्चित गर्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend