logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विरोधमा झडप २१ जना घाइते


  • जन आकाश
  • बुधबार, कार्तिक २६ २०८२

काठमाडौं । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विरोधमा असन्तुष्ट सात दलका नेता तथा कार्यकर्ताहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा कम्तीमा २१ जना घाइते भएका छन्।



झडपमा एक पत्रकार, ६ जना प्रहरी सहित कम्तीमा २१ जना घाइते भएका हुन्। प्रहरीको लाठीचार्जबाट प्रदर्शनको रिपोर्टिङमा गएका पत्रकार सुरेन्द्र यादव घाइते भएका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुको साथै दुई सेल अश्रुग्यास पनि हानेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी गणेश बमले जानकारी दिए।

ुभित्र माननीय मुख्यमन्त्री (सरोजकुमार यादव) पदभार ग्रहण गर्दै गर्दा असन्तुष्ट पक्ष बाहिर टायर बालेर विरोध प्रदर्शन गरिरहेको थियो। त्यो समूह मधेस भवनमा छिर्न खोजेपछि सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो,उनले भने,स्थिति नियन्त्रणमा लिन दुई सेल अश्रुग्यास प्रहार गरेका छौं। अहिले स्थिति सामान्य छ।

घाइतेहरूमध्ये केहीको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। औरहीका ४० वर्षीय ज्ञानेन्द्र झा, लक्ष्मीनियाँका १९ वर्षीय युवराज मिश्र, जनकपुरका ५० वर्षीय राम विनोद चौधरी, लोहरपट्टीका ३० वर्षीय बजरंग साह, बेल्वाका ४७ वर्षीय रामेश्वर मण्डल, ३३ वर्षीय सुरेन्द्र यादव, जनकपुरका २६ वर्षीय देवेन्द्र कुमार यादव, ३३ वर्षीय नविन कुमार झा, बटेश्वरका ३५ वर्षीय अजय राउत, २८ वर्षीय अजय पण्डित, बारा फेटा गाउँपालिका(१) का जय प्रसाद झा, धनुषा लक्ष्मीनियाँका २० वर्षीय विद्यान्त झा, २३ वर्षीय आदर्श मण्डल र ३० वर्षीय मुकेश झा अस्पताल पुगेका हुन्।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले अस्पतालमा पुगेर उपचाररत घाइतेहरूसँग भेटघाट गरेका छन्। उनले घटनामा दोषी प्रहरीलाई कानुनी कारबाही हुनुपर्ने माग राखेका छन्।

शान्तिपूर्ण प्रदर्शनमा अचानक लाठीचार्ज गरिएको भन्दै उनले उच्च प्रहरी अधिकृत एवं गृह मन्त्रालयमा घटनाबारे जानकारी गराएर दोषी प्रहरीलाई कानुनी कारबाहीका लागि पहल गर्ने बताए।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेस भवनभित्र जाँदा बाहिरको अवस्था तनावपूर्ण बनेको थियो।

एमालेका यादव कसरी खुसुक्क भए मधेसका मुख्यमन्त्री, रिमरिम उज्यालो नहुँदै किन गरियो होटलमा शपथ,ओलीको सल्लाह मानेर होटलमा सुटुक्क शपथ गराउँदा सुवेदीले गुमाइन् प्रदेश प्रमुख पद

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend