logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गृहमन्त्रीसँगको वार्तामा दुर्गा प्रसाईं अनुपस्थित


  • जन आकाश
  • बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ । सरकारले बुधबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता थालेको छ । वार्ताका लागि महाअभियानका सदस्यहरू गृह मन्त्रालय पुगेका छन् । केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा सो अभियानका टिम मन्त्रालय पुगेका हुन् ।



तर, गृहमन्त्री ओमप्रकाश अर्यालसँगको वार्तामा स्वयम् संयोजक दुर्गा प्रसाईं भने गएका छैनन् । महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा वार्ता हुन लागेको हो । यसअघि नै मन्त्रालयले प्रसाईंको समूहलाई वार्तामा बोलाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend