logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अवकाशमा गए आइजिपी खापुङ


  • जन आकाश
  • बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । नेपाल प्रहरीका ३२औं आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएका छन्। गए रातिदेखि खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाशमा गएका हुन्।



खापुङ छोटो कार्यकालका लागि आइजिपी बनेका थिए। उनलाई तत्कालीन सरकाले भदौ १४ गते आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। भदौ १९ गते फुली लगाएसँगै उनले प्रहरीको नेतृत्व सम्हालेका थिए।

गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी प्रधान कार्यालयले समेत उनलाई बिदाइ गरेका थिए खापुङ प्रहरी नेतृत्वमा पुगेको केही दिनमै भदौ २३ गते जेनजी आन्दोलन भयो। त्यसको भोलिपल्ट देशभरिका प्रहरी तथा संरचनामा आक्रमण भएको थियो।

यस्तै आजदेखि नेपाल प्रहरीको कमाण्ड दानबहादुर कार्कीले सम्हाल्दैछन्। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कार्कीलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend