जन आकाश
काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका सांसदमाथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले हातपात गरेका छन्।
मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै सात राजनीतिक दलले बिहीबार साँझ उनीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न गएका थिए।
सात दलीय गठबन्धनका ६४ जना सांसद प्रदेशसभा सचिवालय पुग्दा सभामुख मण्डलले गुण्डा परिचालन गरेर विपक्षी सांसदलाई हातपातसमेत गरेका माओवादी केन्द्रका सांसद दबाहरलाल कुशवाहाले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend