logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

चितवन मेडिकल कलेजले सुरू गर्‍यो रोबोटिक सर्जरी


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सेवा सुरू गरेको छ। गत सेप्टेम्बरदेखि यता यहाँ १४ वटा रोबोटिक सर्जरी भएको अस्पताल निर्देशक प्रा।डा।दयाराम लम्सालले जानकारी दिए।



रोबोटिक सर्जरी काठमाडौंमा बि एण्ड बि अस्पतालले गर्दै आएको छ। रोबोटिक तथा युरो–सर्जन डा. प्रतीकमान सिंह गुरूङ, जीआई सर्जनहरू डा. विशाल आचार्य र डा. रोहित कुमार मिश्रको नेतृत्वमा यो सेवा नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ। यहाँ प्रोस्टेट, मिर्गौला, मूत्र थैली खोल्ने, स्त्रीरोग लगायतको शल्यक्रिया भइरहेको डा.गुरूङले बताए।

रोबोटिक सर्जरी चिकित्सकको प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूको माध्यमबाट हुने अपरेसन हो।यस सर्जरीमा चिकित्सकले कम्प्युटर प्रविधिको सहायताले अपरेसन टेबलमा भन्दा टाढा बसेर कम्प्युटर स्क्रिनमा उपकरणको गति र दिशा नियन्त्रण गरेर शल्यक्रिया सञ्चालन गर्छन्।

‘यो प्रणालीले अत्यन्त सानो प्वालबाट अपरेसन गर्ने भएकाले बिरामीमा कम रक्तस्राव, न्यून पीडा, छिटो निको हुने, संक्रमणको जोखिम कम हुने जस्ता फाइदा बिरामीले पाउँछन्,’ डा. गुरूङले भने, ‘थ्रीडी दृश्य र स्थिर रोबोटिक हातका कारण जटिल शल्यक्रिया पनि अझ सुरक्षित र सूक्ष्म रूपमा गर्न सकिन्छ। परम्परागत प्रविधिहरूको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रूपमा संवेदनशील र जटिल उपचारहरू गर्न सकिन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend