logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी


  • जन आकाश
  • शुक्रबार, मंसिर ५ २०८२

काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।



काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

यता पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend