logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बसपार्कमा युवती मृत भेटिएको घटनामा पक्राउ परे एक युवक


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०८२

काठमाडौं । काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।



जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको हो। यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।

शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको थिएन। सडिसकेको अवस्थामा फेला परेको युवतीको शव पहिचान गर्न प्रहरीलाई कठिन भएको थियो। शव रूकुम घर भएकी करिब २० वर्षीया माया भन्ने आयुषा मगरको रहेको प्रहरी स्रोतको भनाइ छ।

त्यस्तै अनुसन्धानपछि उनको हत्या आरोपमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगर भन्ने व्यक्तिलाई पक्राउ गरेको हो।
उनी बसपार्कको एक होटलका कुक हुन्। उनीहरू दुई जनाबीच सामान्य चिनजान भएको र लागुऔषधको विषयमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend