logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजी विद्रोह: वर्गीय मुक्ति र स्वाधीन राजनीतिक व्यवस्थाको खोजी


  • जन आकाश
  • बुधबार, मंसिर १० २०८२

काठमाडौं । जेनजी विद्रोहपछि हालसम्मको परिस्थितिलाई नजिकबाट नियाल्ने हो भने सिङ्गो परिवर्तन ‘अधकल्टो’ जस्तो देखिन थालेको छ। किनभने जेनजी आन्दोलनको उठान र बैठान दुवै ठीक तरिकाले हुन सकेनन्।



विनोद नेपाली

यसको प्रमुख कारण, जेनजी विद्रोहको आह्वान गर्ने र भोग्ने दुवै पक्षले यो हदसम्मको विध्वंस र हिंसात्मक रूप लिनेछ भन्ने कल्पना समेत गरेका थिएनन्। यहाँ जेनजी पनि धेरै किसिमका जेन्जी घाईते,जेन्जी सकारमा भएको जेन्जी बिभिन्न पार्टीका जेनजी छन् ।

जेनजी विद्रोहको बलमा बनेको अन्तरिम सरकार समेत विद्रोहका आधारभूत मूल्य र मान्यतालाई स्थापित गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर आशंकाको भुमरीमा फसेको देखिन्छ। जेनजी नेतृत्वले समेत विद्रोहलाई कसरी संस्थागत गर्ने भन्ने प्रश्नमा अकर्मण्यता देखाएका छन् ।

विद्रोह र त्यसका पहलुहरूले आफ्नो बाटो बेलैमा स्पष्ट गर्न नसक्दा, उनीहरूभित्र देखिएको अन्तरविरोध र अन्तरसङ्घर्षले वर्गीय द्वन्द्वको रूप लिंदै गएको अनुमान गर्न सकिन्छ। किनभने जेनजी विद्रोह कुनै काठमाडौंकेन्द्रित अनुहारले मात्र लडेको आन्दोलन थिएन। यो ७७ जिल्लाका युवाहरूको स्वस्फूर्त विद्रोह थियो।

तर अहिले यसको सम्पूर्ण जस एउटा काठमाडौंकेन्द्रित समूहले लिन खोजिरहेको छ, जुन परम्परागत दलीय शैलीमा रूपान्तरण हुँदै बाँकी ७६ जिल्लालाई ‘बाइपास’ गर्ने प्रयास गरिरहेको छ।

यसले सिङ्गो आन्दोलन र यसको उपलब्धिलाई निष्प्रभावी बनाउने खतरा बढाएको छ। जेनजी विद्रोह गर्ने र भोग्ने दुवैका लागि यो आन्दोलन उनीहरूको कल्पनाभन्दा बाहिरको घटना थियो। त्यसैले यसलाई स्थापित र सामना गर्नु दुवै कठिन भइरहेको छ । यतिसम्म कि अब उनीहरू एकअर्काको अस्तित्व स्वीकार गर्न समेत कठिनाइ भोगिरहेका देखिन्छन्।

यतिबेला यो पुस्ता अहिलेको विश्व राजनीति र सामाजिक संरचनाको केन्द्रमा छ। उनीहरू सामाजिक सञ्जाल, प्रविधि र डिजिटल चेतनाका माध्यमबाट विश्वलाई हेर्छन्, बुझ्छन् र प्रतिक्रियास्वरूप विद्रोह गर्छन्। तर यो विद्रोह पनि एकरूपतामा छैन र देखिदैन ।

यो पुस्ताभित्र पनि वर्ग छ, वर्गीय स्वार्थ छन्स वर्ग स्वार्थ अनुसारका दृष्टिकोण, एजेन्डा र आन्दोलनका स्वरहरू फरक–फरक छन्। यही वर्गीय विभाजनले जेनजी आन्दोलन वा विद्रोहको चरित्र निर्धारण गरेको छ।

कोही सुधारवादी र प्रविधिमुखी उदार लोकतन्त्रका हिमायती छन् भने कोही मूलतः व्यवस्थामाथि नै प्रश्न उठाउने, नयाँ राजनीतिक संरचनाको खोजी गर्ने क्रान्तिकारी धारका छन्।

जेनजी पुस्ताको विद्रोहको ‘ग्राउन्ड’ के हो भन्ने प्रश्नलाई बुझ्नका लागि समाजको वर्गीय संरचना र राज्यसत्ताको स्वरूप बुझ्नुपर्छ। आजको नेपाल सहित विश्वकै अधिकांश लोकतान्त्रिक राज्यहरू ‘दलाल पूँजीवादी वर्गीय अधिनायकत्व’ का रूपमा कार्यरत छन्।

यो संरचना बाह्य रूपमा लोकतान्त्रिक देखिए पनि भित्री रूपमा पूँजीपति र नोकरशाही वर्गको आधिपत्यमा चलिरहेको छ।यसले श्रमजीवी, शोषित र उत्पीडित वर्गहरूलाई प्रतिनिधित्व गर्ने नाममा राज्यसत्ता कब्जा गरेर, पुनः तिनै वर्गलाई दमन गर्ने काम गरिरहेको छ।

त्यसैले जेनजी पुस्ताको विद्रोह केवल व्यवस्था विरोधी भावनाको विस्फोट होइन। यो विद्रोह मूलतः वर्गीय मुक्ति र स्वाधीन राजनीतिक व्यवस्थाको खोज हो। आजका युवाहरूले देखेका छन्— लोकतन्त्रका नाममा हुने चुनाव, संसद् र दलहरूको प्रतिस्पर्धा केवल दलाल पूँजीपतिहरूकै हितका लागि सञ्चालन हुन्छन्।

जेनजी विद्रोहको मूल सन्देश, यही हो— यथास्थितिमा गोलचक्कर नमारौंस नयाँ, उन्नत र स्वाधीन राजनीतिक व्यवस्थाको स्थापना गरौं। लोकतन्त्रका नाममा दलाल पूँजीपतिको अधिनायकत्व होइन, श्रमजीवी वर्ग र उत्पीडित समुदायको जनसत्ता कायम गरौं। यो केवल राजनीतिक माग होइन, ऐतिहासिक अनिवार्यता हो ।

जनताको जीवनमा ठोस सुधार ल्याउने शक्ति यी दलहरूमा छैनस न त उनीहरूमा इच्छाशक्ति नै बाँकी छ। जनताका नाममा जनताको अधिकार बेच्ने, ठेक्का–कमिसनमा रमाउने र शासनलाई नोकरशाहीको बन्द कोठाभित्र सीमित पार्ने प्रवृत्ति नै आजको दलाल पूँजीवादी लोकतन्त्रको वास्तविकता हो।

पुरानै सत्ता, पुरानै अनुहार र पुरानै दलहरूको बीचमा फेरि–फेरि घुम्ने चक्र तोडौं। यो विद्रोह परिवर्तनका लागि परिवर्तन होइन, ‘स्वाधीन र अग्रगामी’ राजनीतिक व्यवस्थाको खोज हो।

यो खोज व्यक्तिवादी होइन। यो आन्दोलनको लक्ष्य कुनै व्यक्तिको शासन होइन, जन–अधिनायकत्वको संरचना हो— जहाँ सत्ता शोषित, उत्पीडित र श्रमजीवी वर्गको हातमा हुनेछ।

नेपाली समाजको वर्गीय बनावट हेर्ने हो भने,किसान, मजदुर, दलित, महिला, मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारू र क्षेत्रीय वर्गहरू सदियौंदेखि उत्पीडनमा छन्। अहिले पहिले तिनीहरूका नाममा कार्यक्रम, बजेट र भाषण त बन्छन्, तर निर्णय गर्ने शक्ति सधैं नोकरशाही र पूँजीपति वर्गको हातमा रहन्छ। हरेक सत्ता परिवर्तनसँगै नेताहरूको अनुहार फेरिन्छ तर वर्गीय अधिनायकत्व यथावत् रहन्छ।

आजको नेपालको संसदीय व्यवस्थाले यही वर्गीय अधिनायकत्वलाई ढाकछोप गरेर ‘जनताको सरकार’ को भ्रम फैलाइरहेको छ। तर यो जनताको सरकार होइन— यो दलाल पूँजीपति र नोकरशाही वर्गको साझेदारीमा निर्मित हो ।

शासन संरचना हो। यही कारणले आजको प्रणालीले न भ्रष्टाचार नियन्त्रण गर्न सकेको छ, न बेरोजगारी घटाउन। शिक्षा,स्वास्थ्य, रोजगारी र न्याय प्रणाली सबै व्यापारीकरणमा गइसकेका छन्।

राज्य जनताको सेवा गर्ने निकाय होइन, ठेक्कापट्टा वितरण गर्ने ‘कारोबार केन्द्र’ मा परिणत भएको छ। जताततै चरम बेथिति, भ्रष्टाचार र कुशासन व्याप्त छ।

यही व्यवस्थाबाट असन्तुष्ट जेनजी पुस्ता अहिले राष्ट्रको नयाँ विकल्प खोज्दैछ। उनीहरूले परम्परागत दलहरूमाथि विश्वास गुमाइसकेका छन्।किनभने ती दलहरू जनताको विश्वासबाट होइन, पैसाको सञ्जाल र अन्तराष्ट्यि शतmीबाट चलेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend