जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा यति मितिः २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलन विध्वस त्यही विध्वसपछि देशमा देखिएको विषम परिस्थितिमा बनेको शुशिला कार्कीको नेतृत्वको सरकार दुई महिना वित्न नपाउदै जेन्जी नामका अनेक खाले समूहले सरकार गठन भएको केही दिनमा नै गृहमन्त्रीको राजिनामा माग गरिरहेका थिए ।
वर्तमान अवस्थामा झनै उग्र भएर प्रधानमन्त्री शुशिला कार्कीको पनि राजिनामा माग गर्न थालेका छन् । जताततै जेन्जीको नाममा अराजकता बढेर गएको छ । आनदोलन ताका आक्रोशमा केही अराजकता भए होलान् भनेर मान्न सकिन्थ्यो तर पछिल्लो समय जेन्जीले नै चयन गरेको सरकार छ । उनिहरुले भ्रष्टचारमुक्त समाजको परिकल्पना गरिएको र स्वतन्त्रता उनिहरुको मागको रुपरेखा देखिन्थ्यो ।
यस्तो महत्वपूर्ण काम गर्नलाई प्रणालीको विकास गर्न विषय विज्ञहरु खोजेर सरकारको बलमा काम गर्न थल्नुपर्ने थियो । जेन्जी भनेका अहिलेका नयाँ पुस्ताले अनुभव भएका अनुभवीहरुसँग सल्लाह लिएर सवैको मन जितेर समाज विकासको निर्माणमा लाग्नुको सट्टा जता जता राजनीतिक पार्टीले कार्यक्रम राख्छ त्यतै आगजनी, तोडफोड गर्ने गाली गलोज गर्ने जस्ता व्यवहार त देखिएकै छ । त्यतिले नपुगेर आफैले बनाएको सरकारलाई राजिनामा माग्नसमेत भ्याएका छन् ।
उनिहरुले नै छानेका केही विषय विज्ञ अर्थात माहावीर पुन, कुलमान घिसिङ, रामेश्वर खनाल, जगदिश खरेल विषय विज्ञको रुपमा मन्त्रीमण्डलमा छन् । उनिहरुले केही आशातित कामहरु गरिरहेको देखिन्छ । यस्तो वेलामा उत्साहित भएर अगाडी बढ्नु जेन्जीको लाईन हुनुपर्ने हो । तर त्यस्तो नभएर अर्को नै केही भईरहेको छ ।
अराजकताको सीमा नाघिन थालेको छ । लोकतन्त्रमा सवैको विचार, आस्था, विषय राख्न पाईन्छ । त्यही लोकतन्त्रको मान्यतामा ठेस पुग्यो भनेर सामाजिक सञ्जाल बन्द भएको झोकमा उत्तेजित भएर आन्दोलन गर्दा ७६ जना यतिका धेरै मानिस मरेका हुन् । जे जे गरेर मरे तर २१ जना त आन्दोलन गर्ने क्रममा नै मरेका हुन होइन र ?
त्यसैले अहिलेको सरकारलाई तोकेकै समयमा शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन सघाउने र आफैले भनेको नीति, विधि, विधानहरु काहाँ काहाँ कडकने बाझिने नीयमहरु, ऐनहरु छन् तिनलाई समय सुहाउदो परराष्ट्र नीति वाहेक देश र जनताको हितमा हुने गरी छिटो छरितो तरिकावाट काम गरेर देखाउन सक्ने नेतृत्वहरुलाई आउदै गरेको निर्वाचनमा विजयी गरेर सदनमा पठाउने र त्यसलाई विज्ञताहरुले जनता र देशको पक्षमा सम्पादन गर्ने र जनतालाई प्रत्यक्ष त्यसको जानकारी दिएर समाजको हितमा लगाउने काम गर्नुपर्ने वेला हो ।
यस्तो वेलामा अराजकता, उदण्ड देखाएर कसले काहा के भन्छ । काहा जुलुसमा जाने, महेश बस्नेतले के बोल्छ । काहा जान्छ भनेर व्याक्तिको पछि लाग्ने वेला होइन । काम गर्ने वेला हो । नेपाली काँग्रेस र एमालेले ३६ बर्ष गर्न नसकेको काम जेन्जी पुस्ताको सरकारले ६ महिनामा गरेर देखायो । चुनाव पनि गरायो भन्ने तिर लागेर लक्ष्य भेटाउन लाग्नुपर्छ ।
एउटा युगको अन्त्य गर्न परिवर्तन आवश्यक थियो । भयो । त्यसवाट फेरी पुरानै पुनःराबृति गराउन तिनै पुराना शक्तिले युवा पुस्तालाई प्रयोग गर्न सक्छन् । युवा पुस्ताले उत्तेजित नभई रचनात्मक, सृर्जशीलता अर्थात शान्त भएर बुद्धि लगाएर समाजलाई जोड्नेतिर लाग्नुपर्छ । अर्थात परिवर्तनको पक्षमा लाग्छन् भने पुराना पुस्तालाई नेतृत्व दिएर होइन । उनिहरुको राम्रा अनुभव लिएर नेतृत्व क्षमतावान नयाँ नेतृत्ववाट गर्ने गरी नयाँ युगको थालनी गर्नुपर्छ ।
यसो गर्न सक्यौ भने नेपालले विश्वका विकसीत देशको तुलनामा प्रतिस्पर्धा गर्ने वातावरण वन्छ । खाली अराजकता मच्चाएर जिन्दावाद र मुर्दावाद अनि तिनै पुरानै पार्टीहरुले गरेको जस्तो गरी सस्तो लोकप्रीयताको लागि छिनाझम्टी गरेर युटुब र सामाजिक सञ्जालमा छाउने नाममा तिकडम गरेर देशको नीति बन्दैन । विकास पनि हुदैन । गर्नुपर्ने काम भनेको नीतिगतमा रुपमा देशको विकास गर्न अड्कने नीतिलाई चेन्ज गर्ने, काम गर्न निरुत्साहित भएका नागरिकलाई उत्साहित बनाउने, राष्ट्रिय–अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई विश्वासको वातावरण बनाउने उद्योग कलकारखाना स्थापना गर्न सरकारले सवैखालका दिनसक्ने जति सुविधाहरु दिने ति उद्योगहरुले उत्पादन गरेर देशको अर्थतन्त्रलाई उकास्छन् । रोजगार सृर्जना गर्छन् । रोजगारमा आत्मनिर्भरता र अर्थतन्त्रमा बलियो हुन सक्यो भने मात्र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ । यस्ता गर्न सक्ने जति काम गर्न थाल्नुपर्छ ।
जेन्जी आन्दोलनवाट देशका महत्वपूर्ण व्यापारिक कम्पेलक्स, उद्योग, देशका महत्वपूर्ण भवन जलेका छन् । नेपालको पाचतारे होटल हायत समेत जलेर दैनिक हजारौ पर्यटन आउने अन्तराष्ट्रियस्तरको होटलहरु बन्दछन् । देशलाई मानवीय क्षति हुनुको साथै आर्थिक रुपमा ठूलो धनरासी नेपालको गुमेको छ । यस्तो वेला विगतलाई विर्साउने गरी काम काम काम धेरै भन्दा धेरै देशको पक्षमा काम गरेर देशलाई नयाँ युगको विकास यस्तो हुन्छ भनेर देखाउने वेलामा अराजकता देखाएर देशको विकास हुदैन । त्यसैले जेन्जीहरुले सरकारलाई असहयोग होइन सहयोग गरेर निर्वाचन गराउन तिर लाग्नुपर्छ । आजको मार्ग यो हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend