logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक खत्रीको मृत्यु


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।



कर्णाली प्रदेश (०३–००१ प ०६१३) नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो ।

गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका–७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

नदुवाबाट राडीतर्फको भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल नालामा खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend