logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पिताको बिदाइमा भावविह्वल बालेन


  • जन आकाश
  • मंगलबार, मंसिर १६ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

दाहसंस्कारमा मेयर बालेन भावविह्वल देखिए । अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।

बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । ऊर्जा, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ पनि पशुपति आर्यघाट पुगेका थिए । त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend