जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनकाे ७३ ओैं नियमित कार्यक्रम एवम् वेदविज्ञ तिलक प्रसाद लुइटेलकाे दाेस्राे स्मृति सभा , सम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमकाे सभापतित्व राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारीले गर्नु भएकाे थियो भने प्रमुख अतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. डा. जगतप्रसाद उपाध्याय प्रेक्षित रहनु भएकाे थियाे ।
कार्यक्रममा आसन ग्रहण लगत्तै राष्ट्रकाे सम्मानमा राष्ट्रिय गीत त्यसलगत्तै विवभ लुइँटेलले स्वागत मन्तव्य गर्नु भएकाे थियाे । त्यस लगत्तै समुद्घाटन, वेदविज्ञकाे तस्बिरमा माल्यार्पण, माैन धारण गरिएकाे थियाे । वरिष्ठ गीतकार डा. बमबहादुर थापा जितालीकाे शब्द रचना रहेकाे कालजयी गीत वरिष्ठ संगीतकार एवम् गायक विष्णु गुरूङले गाउनु भएकाे थियाे । साे लगत्तै ध्रुवराज थापा पुरूषले कविता वाचन गर्नु भएकाे थियो ।
त्यसलगत्तै डा. बमबहादुर जितालीले शुभकामना मन्तव्य र रचना प्रस्तुत गर्नु भएकाे उक्त कार्यक्रममा विरष्ठ साहित्यकार एवम् सुसेली फाउन्डेसनककी सल्लाहकार / संरक्षक चन्द्रा न्याैपानेले सम्मानित व्यक्तिहरूकाे संक्षिप्त परिचय र व्यक्तित्वकाे बारेमा बाेल्नु भएकाे थियाे । कार्यक्रममा पूर्व सेनानी वरिष्ठ साहित्यकार तेजप्रकाश बानियाँ, वरिष्ठ साहित्यकार गाेविन्द घिमिरे वेदमणि र प्राज्ञ नरनाथ लुईटेललाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा समान्नित व्यक्तिहरू लगायत पुरूषाेत्तम दाहाल, कलानीधि दाहाल, प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी. लगायतले मन्तव्य दिनुभएकाे थियाे । उक्त कार्यक्रममा लक्ष्मी बस्नेत, यलिना उप्रेती , सरला ओझा सिर्जना, प्रमाेद नेपाल, चेवन बस्नेत ठूलाघरे, कृष्णप्रसाद पाैडेल जस्ताघरे, विश्वनाथ ढुङ्गेल, गंगा कर्माचार्य लगायतले रचना प्रस्तुत गर्नु भएकाे थियाे ।
प्रमुख अतिथि प्रा.डा. जगतप्रसाद उपाध्याय प्रेक्षितले तिलक लुइटेलकाे व्यक्तित्वकाे बारेमा र सम्मानित व्यक्तिकाे छनाेट अति नै प्रभावकारी र प्रशंसनीय दृष्टिकोणबाट गरिएकाेमा आयाेजक संस्थालाई धन्यवाद र सम्मानित त्रयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
१२ बजेबाट सुरू गरिएकाे उक्त कार्यक्रम ३ बजे सम्म चलेकाे थियाे । सहभागी समपूर्णलाई धन्यवाद सहित सभापति दुर्गा अधिकारी भमरकाेटेले कार्यक्रम समापन गर्नु भएकाे उक्त कार्यक्रममा ५० भन्दा माथि साहित्यकारहरूकाे उपस्थिति रहकाे थियाे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend