जन आकाश
रामेछापमा महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान रामेछाप नगरपालिकाले वडा नं ९ बाट सुत्केरी महिलाहरुलाई सुत्केरी कोशेली ,गर्भवती महिलाहरुको लागि स्कस्थ्य परिक्षण, ६० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि स्वास्थ परिक्षण तथा जेष्ठ नागरिक परिचयपत्र बितरण र अपाङ्गगता भएका ग र घ बर्गका ब्यात्तिहरुलाइ न्यानो सिरक वितरण कार्यक्रम यहि मसिर १५ गते वडा नं ८ र ९ वाट शुरु गरेको थियो ।
१६ गते ७ नम्बर वडामा सोहि कार्यक्रम भएको हो । १७ गते ६ नम्बर वडामा १९ गते ५ र ३ नम्बर वडामा २१ गते ४ नम्बर वडामा २३ गते २ नम्बर वडामा आज २४ गते वाडन १ गोठगाँउमा पुगेर भव्य कार्यक्रम गरी महिला हिंसा बिरुद्धको १६ दिने अभियाँन सम्पन्न भएको छ ।
यसै कार्यक्रम अन्र्तगत रामेछाप नगरपालिका भित्रका सय वर्ष पुगेका बृद्धाबृद्धाहरुलाई सम्मान पत्र तथा हरलिक्स वितरण गरिएको महिला बालबालिका शाखा हेरिरहेकी सरिता बुढाथोकीले जानकारी दिएकी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend