logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • जन आकाश
  • शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित तीन कर्मचारी र एक सर्वसाधारण विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।



प्रमुख प्रशासकीय अधिकृत जोशी, सव इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

उनीहरूले एक आपसमा मिलेमतो गरी निर्माण नै नगरेको नभएकोमा उक्त जग्गामा घर छ भनी नक्सा अभिलेखीकरण र घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्ने पार्न लगाउने कार्य गरी गराई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

बेलडाँडी गाउँपालिकाका–२ बस्ने शान्ति नाथले सोही वडास्थित कित्ता नं. ३५७ क्षेत्रफल ४०० वर्ग मिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गारघर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ऋण लिएको उक्त कार्य गर्नका लागि जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृत समेतका कर्मचारीहरुले मिलोमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार शान्ति नाथले गलत नक्साका आधारमा लक्ष्मी सनराईज बैंक, कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार र २०७९ असोज १३ गते १० लाख गरी जम्मा रु. ३३ लाख ७५ रुपैयाँ ऋण लिएको पाइएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend