logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

नेकपा एमालेको ११ औ महाधिवेशन भव्य रुपमा आज उदघाटन हुदै


  • जन आकाश
  • शनिबार, मंसिर २७ २०८२

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ ।



काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका आइसकेका छन् । जेनजी आन्दोलनका कारण सरकारबाट हट्न बाध्य भएको एमालेले तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार बनाउने जनाएको छ ।

उदघाटन समारोहअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेर ती जुलुस सल्लाघारीमा पुगेर सभामा परिणत हुने छ ।

सल्लाघारीको उदघाटनपछि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ । सोही बन्दसत्रबाट एमालेले नयाँ नेतृत्व पनि चुन्ने छ । नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

बन्दसत्रमा ईश्वर पोखरेलले छुट्टै डकुमेन्ट पेस गर्ने तयारी गरेका छन् । हिजो बेलुका बसेको एमाले सचिवालय बैठकले पोखरेललाई डकुमेन्ट पेस गर्न दिने तर त्यसमा छलफल नगर्ने निर्णय गरेको थियो ।

नेपालमा मदन भण्डारीले जवज अर्थात जनताको बहुदलीय जनवाद अर्थात नेपालको विशिष्टतामा आधारित परिमार्जित कम्युनिष्ट पार्टीको परिकल्पन गरेर राखेका अवधारण नेकपा एमालेले अनुसरण गर्न छोडेर केपी शर्मा ओलीको नेतृत्वमा एकतन्त्रीय हठ वादको रुपमा आएको नेपालका कम्युनिष्ट आन्दोलनका व्यक्तिहरुले आरोप लगाउदै आएका छन् ।
समय सुहादो ढंगवाट नेपालका राजनीतिक पार्टीहरु परिमार्जित हुन नसकेको खण्डमा नेपालमा मल्टी पार्टी सिस्टम नै कोल्याप्स हुने सम्भावना बढ्दै गएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend