logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेकपा एमालेको ११औं महाधिवेशन : नेतृत्व चयनको लागि मतदान प्रक्रिया जारी


  • जन आकाश
  • बुधबार, पुष २ २०८२

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।



भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेपछि अहिले प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् ।

सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो । अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ । भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । निश्चित ठाउँमा पुगेपछि प्वाल पारिन्छ । त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश हुन्छ ।

भित्र फोटोसहित उम्मेदवारको सूची छ । मत हालेकाहरुको अनुभव अनुसार मेसिनमा घरीघरी टच नभएर डबल ट्याप गर्नु परेको छ । त्यो गर्दा बेलाबेला भोट ‘विथड्र’ हुन्छ । त्यसपछि पुन: हाल्न मेसिनले स्क्रिनमा सूचना दिन्छ ।

जति उम्मेदवार छन्, त्यतिलाई मत हाल्न मेसिनले जनाउ दिन्छ । सङ्ख्यामा केही छुटे मेसिनले ‘यति भोट हाल्न बाँकी छ’ भन्छ । त्यसपछि मतदाताले भोट हाल्नसक्छन् ।

मतदान गरेका प्रतिनिधिहरुका अनुसार एक जनालाई २५ देखि ४० मिनेटसम्म समय लागेको छ । प्रविधिमैत्री मान्छेलाई २५ मिनेट लाग्ने उनीहरुको अनुभव छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend