logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रूपन्देहीको कञ्चनमा १७ वर्षीय युवकको बीभत्स हत्या


  • जन आकाश
  • शुक्रबार, पुष ४ २०८२

काठमाडौं । रूपन्देहीमा १७ वर्षीय युवकको बीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।



जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको जानकारी दिए।

‘टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी गरिरहेको छ, क्षेत्रीले भने।प्रहरीका अनुसार मृतक युवा बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए। खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend