logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच के भयो कुराकानी


  • जन आकाश
  • सोमबार, पुष ७ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा उनीहरूबीच चुनाव केन्द्रित विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।



भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उनले रास्वपाका सभापति लामिछानेसहित पदाधिकारीहरूसँग सकारात्मक वार्ता भएको बताए।सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, ‘खास गरेर आजको वार्तामा चुनाव केन्द्रित कुराकानी भयो।

चुनावलाई कसरी स्वतन्त्र निष्पक्ष र धाँदलीरहित ढंगबाट निर्धारित मितिमै गर्न सकिन्छ भन्ने कुराहरूमा विशेष छलफल भयो र त्यसमा हामीले सरकारको तर्फबाट गरिरहेको तयारी, निर्वाचन आयोगले गरिरहेको काम, सुरक्षा निकायको अवस्था यी सबैका विषयमा उनीहरूलाई जानकारी गरायौं।’

रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग लिने बारेमा स्पष्ट रुपमा कुरा राखेको मन्त्री खरेलले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend