logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको घटनासम्बन्धी आयोगविरूद्ध रिटमा निर्णय गर्ने


  • जन आकाश
  • शुक्रबार, पुष ११ २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ।



आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको थियो।शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय सुनाउने गरी पेसी तोकिएको हो।

विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी आयोगका सदस्य छन्। अधिवक्ता विपिन ढकालले आयोग र सबै पदाधिकारीविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अबलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको रिटमा उल्लेख छ।

अध्यक्ष कार्कीले आफैले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार शेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्त र निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको पनि रिटमा उल्लेख गरिएको छ।

उनीहरूलाई निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग गरिएको थियो।यसअघि यो रिटमा मंसिर २५ गते र पुस ३ गते निर्णय सुनाउने गरी पेसी राखिएको थियो। तर निर्णय सुनाउने मिति सरेको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend