logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रास्वपाको समानुपातिक अनलाईन भोटिङ हुदै, ग्रामिण भेगका कार्यकर्ता हेरेको हे¥यै


  • जन आकाश
  • शनिबार, पुष १२ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समानुपातिक उम्मेद्धार छान्न आज १२ र भोली १३ गतेलाई अनलाईन भोटिङ खुल्ला गरिएको छ । यतिवेला आ–आफ्नो जिल्लाका उम्मेद्धारहरुलाई ११० भित्र पार्न देश विदेशमा रहेका सवै कार्यकर्ताहरु लागिरहेका छन् । तर ग्रामिण क्षेत्रका कार्यकर्ताको लागि यो अनलाईनवाट भोटिङ गर्ने सिस्टम उनिहरुको लागि लौरो न हत्तियार भएको छ । “हामी अनलाईन चलाउन नजान्नेहरुको लागि यो अनलाईन कुन चराको नाम हो थाहा छैन । तर हामीले चिनेका वा राम्रो मान्छे थाहा पाएकाहरुलाई भोट दिन हुन्थ्यो जान्दैनौ” भन्दै कार्यकताले गुनासो गरेका छन् । आज र भोलि समानुपातिक संसद हुनको लागि अनलाईन निर्वाचन भईरहेको छ । यो अनलाईन सिस्टमवाट भोट गर्दा लोकतान्त्रिक पारदर्शिताको मापदण्ड भएको दावी रास्वपा केन्द्रीय कार्यालयले गरेको छ । तर जोसँग स्मार्टफोन छैन । अनलाईन सुविधाको प्रयोग गर्न जान्दैनन् उनिहरुले आफुले चाहेको उम्मेद्धार छान्न नसक्ने नै देखिन्छ । संगठन चुस्त दुरुस्त भएको क्षेत्रमा त जानेका साथीहरुले सहयोग गर्लान तर अलि अलि मात्रै संगठन भएको क्षेत्रका कार्यकर्ताले भोट हाल्न नसक्ने अवस्था छ ।



यसको असर विकट जिल्लाका समानुपातिक उम्मेद्धारहरुलाई पर्ने देखिन्छ । हुनत जान्नेलाई छान्ने रास्वपाको नीति छ । तर भूगोल पनि मानिसहरुले हेर्ने बानी अझै हटेको छैन । त्यसकारण दुर दराजका उम्मेद्धारको लागि निक्कै कठिन भईरहेको छ । आउदो प्रत्यक्षतर्फको विषयमा पार्टीले विचार गरोस् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend