जन आकाश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जन्मदिनको शुभकामना दिँदै एक वर्ष अगाडिको परिदृश्य स्मरण गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन मलाई सम्झना छ ,अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यही कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यही गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दही खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यही कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ ।
लामिछानेले थप भनेका छन गत वर्ष प्रहरी साथीहरूको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यही गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ बाँकी नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौँ शुभकामना भन्दै रबि लामिछानेले भाबुक स्टाटस फेसबुकमा लेखेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend