logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

वसन्तपुरमा मनाइयो टोपी दिवस


  • जन आकाश
  • बिहिबार, पुष १७ २०८२

काठमाडौं । काठमाडौं १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘नेपाली टोपीस् हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् ।



नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।यस अवसरमा काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रममा सहभागीहरू ढाका टोपी लगाएर उपस्थित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend