logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

काठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख फेरिए


  • जन आकाश
  • सोमबार, पुष २१ २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् ।



सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो । सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा.कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् । उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend