logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार


  • जन आकाश
  • बुधबार, पुष २३ २०८२

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।



एमालेले नेतृ रामकुमारी झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् । यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मिनासिंह रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । जसअनुसार एमाले कांग्रेसलाई ७-७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend