logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

विकासलाई राजनीतिक पैरोले नरोकौं


  • जन आकाश
  • बिहिबार, पुष २४ २०८२

मोहन कार्की ।
नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि राजनीतिक पार्टीहरुको बढोत्तरी भएको छ । संविधानलाई मानेर औपचारिक रुपमा खुलेका पार्टी पनि धेरै छन् । कतिपय त संविधान मान्दिन भनेर विदेशी हत्तियार ल्याएर नेपालका आफ्नै दाजु भाइ दिदीबहिनी मारेर समेत राजनीति गर्न आएका थुपै्र नेपाली अनुहार नेपाली नागरिता पनि बोकेका तर विदेशी योजनाहरुमा फसेर नेपाल विरुद्ध राजनीतिक नामवाट काम गरिरहने पार्टीका मानिसहरु नेपालमा छन् । देखिन्छन् ।



यस्तै विदेशी र्निदेशन मानेर राजनीति गर्ने मानिसहरुले फैलाएको आताङक, चलाएको उदण्डता, हुलहुज्जत गरेर नेपालमा स्थापित उद्योग, कलकारखान, व्यापार लगायत आर्थिक उन्नतीका लागि गर्न सकिने क्षेत्रहरुमा निरासा उत्पन्न गराई नेपाललाई माया गरेर बसेका मेहनती सफल नेपालीहरुलाई देशवाट नै पलायन हुने वातावरण यस्तै विदेशी योजनामा राजनीति गर्ने तत्वहरुको कारणले विस्थापित गरेको छर्लङ देखिएको छ ।

विकास निर्माणमा अवरोध
नेपालका राष्ट्रिय गौरवका योजनाहरु जव बनाउन शुरु मात्र के गर्न थाल्छन् । ति योजनाहरुलाई रोक्न लागत बढी भयो । फलानाले यति भ्रष्टचार गर्न लाग्यो भनेर राजनीतिक पार्टीका केही त्यस्ता व्याक्तिहरुले विरोध जनाउछन् । नेपालका ठुला भनिएका ब्रोसिटलाई विज्ञापनको नाममा ठुला ठुला अक्षरमा समाचार लेख्न लगाईन्छ । त्यही समाचारलाई आधार मानेर संसदीय प्रणाली भएको देशमा संसदमा कुरा उठ्छ । छानविन समिति गठन हुन्छ । छानवीन समितिले काम रोक्न भन्छ । काम रोकिन्छ । काम रोकिएपछि नेपालले निर्माण गर्नुपर्ने विकासको सरचना बन्दैन । त्यसपछि नेपाल अन्य देशहरुको तुलनामा विकासमा पछि पर्छ । यस्तै चलनहरु नेपालमा चल्दै आए । नेपालमा लोकतन्त्रको नाममा विना तथ्य प्रमाण नभएपनि आरोप लगाउने कुप्रचार गर्ने जस्ता कुसस्कारहरु विकास भएका देखिन्छन् ।

यहि यस्तै चलनहरु चल्दै आयो भएका उद्योग बन्द भए, कलकारखाना बन्द भए, बेरोजगार बढ्न थाल्यो । निरासा र आक्रोश बढेर गईरहेको वेलामा यस्तै विना प्रमाण अरुलाई आरोप लगाउने, नकरात्कता बढाउने काम भईरहेको वेलामा ठुलो परिणाममा नकरात्मकता बढ्दै गएर नेपालका युवा पुस्ताले त्यही सिके त्यसपछि भ्रष्टचार भयो रोक्नुपर्छ भन्दै बानेश्वरमा कराए, उफिए । तत्कालीन अन्धो सरकारले गोली वर्षाईदियो । केही युवा विद्यार्थीहरुको अकालमा मृत्यु भयो ।

त्यही समय पारेर विदेशी योजनालाई सघाईरहेका राजनीतिक पार्टी खोलेर बसेका नेपाली नागरिता बोकेका तर विदेशी भत्ता खाईहरेकाहरुले देश जलाए, फेरी थुपै्र पार्टी स्थापना भएका छन् । पुराना नै पार्टीहरुले बनाउन केहि सिकेनन् । विरोध मात्र गर्न सिके, गर्न खोज्दा पनि स्पष्ट बहुमत कहिल्यै सरकारको भएन । फेरी त्यस्तै खालको राजनीतिक पैरोले नेपालको विकासमा अवरोध गरिरने नै देखिन्छ ।

त्यसकारण नेपालमा बन्न लागेका राष्ट्रिय गौरवका आयोजनाहरु, स्थापना हुन लागेका उद्योगहरु, बृहत्त रुपमा कृषि, पर्यटन, जलविद्युतमा भईरहेका कामहरुलाई रोक्न हुदैन । यि कामहरु समयमा भए भने उद्योगले धेरैलाई रोजगार दिनुको साथै व्यापारमा नेपालको अर्थतन्त्र उकास्न मद्दत गर्छ । कृषिले आत्मनिर्भताको दरिलो आधार तयार गर्छ । पर्यटनले नेपालको प्रतिष्ठा बढाउनुको साथै आर्थिक उन्नतिमा टेवा दिन्छ । जलविद्युतको अधिक निर्माणले. सस्तो उर्जा उत्पादन गर्न मद्दत गर्छ सस्तो उर्जाले उद्योगीलाई उत्पादनमा सस्तो गराउन मद्दत गर्छ सस्तो वस्तु अन्तराष्ट्रियस्तरमा पतिस्पर्धा गर्न सक्छ ।

यसरी यो दृढ सकल्प लिएर काम गर्न सक्ने राजनेता भएको पार्टी नेपालमा देखिएको छैन । यो दृढ सकल्प भएको र योजना दिन सक्ने नेतृत्व लिन सक्ने पार्टीको स्थापना होस् र देश विकास गर्ने काममा कसैले अवरोध सृर्जना नगरोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend