logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह कार्यक्रम रक्तदानदेखि कन्सर्टसम्म गर्ने


  • जन आकाश
  • शुक्रबार, पुष २५ २०८२

काठमाडौं । उपत्यकामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह कार्यक्रमको आयोजना हुने भएको छ।यस ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन शनिबार बिहान हुनेछ। कार्यक्रम माघ ३ गते समापन हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।



कार्यक्रम सुरू गर्ने अघिल्लो दिन शुक्रबार कार्यालयले रक्तदान गर्ने तयारी छ।‘ट्राफिक सप्ताह कार्यक्रममार्फत हामी विशेषगरी युवापुस्तालाई सचेतना दिन चाहन्छौं। तथ्यांक हेर्ने हो भने पनि धेरै जसो ज्यान गुमाउने, दुर्घटनामा पर्ने उमेर समूह पनि युवा पुस्ताकै छ,’ एसपी सुवेदीले भने ।

उद्घाटनको दिन बिहान झाँकी, प्रहरी ब्यान्डसहित सचेतना र्‍याली गरिने भएको छ।नेपाल टेलिकम, एनसेल जस्ता दूरसञ्चारमार्फत सात दिनसम्म सचेतना दिइनेछ।

काठमाडौं उपत्यकाभित्र रहेका डिजिटल बोर्डहरूमा प्रत्येक घण्टा(घण्टामा) एक मिनेटको दुर्घटनासम्बन्धी जनचेतनामुलक वृत्तचित्र प्रदर्शन गरिने भएको छ।

कलाकार तथा गायकलाई काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्पेल्ट, वितरण गर्न आमन्त्रण गर्ने तयारी छ।

रात्रिकालीन लामो तथा मध्यम दुरीका सवारीहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रर्दशन गर्ने पनि कार्यालयको तयारी छ।

पठाओ, इनड्राइभ, जस्ता राइड सेयर एप चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी छ।यस्तै, कार्यक्रम समापनको दिनमा ठमेलमा सांगीतिक कार्यक्रम गर्ने पनि तयारी गरेको छ।एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापन गर्न नागरिकमा सचेतना समेत आवश्यक भएकाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको बताए।

‘जेनजी आन्दोलनमा हाम्रा संरचना खरानी भयो। त्यसबाट हामी उठेर अहिले ट्राफिक व्यवस्थापनमा जुटिसकेका छौं। तर अब नागरिक पनि सचेत हुन जरूरी छ।

त्यसका लागि हामीले ट्राफिक सप्ताह कार्यक्रमको आयोजना गरेका हौं,’ उनले भने, ‘यस कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुर्‍याउनेछ भन्नेमा हामी विश्वस्त छौं। सचेतना जगाउनमा नागरिकको पनि प्रतिक्रियाको अपेक्षा राखेका छौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend