logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न एकसाथ पुगे राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री


  • जन आकाश
  • आइतबार, पुष २७ २०८२

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा राम शाह पथस्थित सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ।



पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार पुगेका थिए।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गर्नुभयो ।

मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे।

हरेक वर्ष पृथ्वी जयन्तीका दिन राष्ट्रप्रमुखसहित उच्च पदस्थहरू पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गर्दै आएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोही अवसरमा आज चियापान कार्यक्रम राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend