logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रिय स्वतन्त्र पार्टी, लिखु तामाकोसी काठमाडौँ सम्पर्क विभागद्वारा जाडोको लागि सामग्री वितरण


  • जन आकाश
  • सोमबार, पुष २८ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, लिखु तामाकोसी काठमाडौँ सम्पर्क विभागद्वारा जाडोको लागि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । लिखु तामाकोसी काठमाडौँ सम्पर्क विभागद्वारा जाडोको चिसोबाट प्रभावित विद्यार्थिहरूका लागि न्यानो कपडा, टोपी, कापी, कलम, फुटबल, भलिबल र पम्प वितरण गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको लिखु तामाकोशी–काठमाडौ सम्पर्क बिभागका सभापति सविन थापाले जानकारी दिएका छन् । उक्त कार्यक्रम लिखु तामाकोसी गाउँपालिका वडा नं. २ का दुईवटा विद्यालयमा आयोजना गरिएको हो।



सो अवसरमा श्री कालिका देवी आधारभूत विद्यालय, पोकु र श्री छितादेवी आधारभूत विद्यालय, पहरेमा वितरण गरिएको सामग्री विद्यार्थिहरूको शैक्षिक र शारीरिक विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समन्वयमा लिखु तामाकोसी काठमाडौँ सम्पर्क विभागका प्रमुख सबिन थापाको नेतृत्वमा सम्पन्न भएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक समृद्धि र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखेको छ। कार्यक्रममा स्थानिय जनप्रतिनिधि, शिक्षक(शिक्षिकासहित बिभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend