जन आकाश
काठमाडौ । “यतिवेला देशको परिस्थिति असान्य अवस्थामा छ व्यवसायी, मजदुर, किसान सवैतिर यसको असर परेको छ । त्यसैले एनआईसी एसिया बैकका ग्रहकहरुलाई सवैभन्दा पहिलो प्रथामिकता भनेको सौहार्दा वातारण दिन मैले निर्देशन दिएको छु ।
पहिलो मानवता हो । मानवीय व्यवहार अर्थात अत्यन्तै संवेदशील भएर काम गर्न लागेका छौ । यस बैकमा रकम जम्मा गर्ने ग्राहकहरुको सुरक्षा, भसोसा, ग्यारेण्टी बैकले गर्ने गरेको छ । बैकले व्यवसायीहरुलाई सहज ढंगवाट ऋण प्रर्वाह गर्दै आएको छ । बैंकवाट ऋण लिएका ऋणीहरुले समयमा ऋण तिर्न नसकेका अवस्थामा पटक पटक नोटिस निकाल्नुको सट्टा ग्राहकको अवस्थालाई बुझेर छलपल गर्ने गरेका छौ र ग्राहकलाई सहजीकरण गरिदिने गरेका छौ । असल ग्राहकहरुको लागि सधै बैंक उहाहरुको सरक्षणमा रहेको छ ।
अहिले एकथरी सहकारी पिडित र बैकहरुवाट अरबौ रुपैया ऋण लिएकाहरुले अराजक ढंगवाट आन्दोलन गरिरहेका छन् । त्यो उनिहरुको आन्दोेलन सरकारसँग हो । तर ति आन्दोलनकारीहरुले बैंकसँग जोडेर हल्ला खल्ला गर्दा ईन्भेष्ट गर्ने लगानीकर्ताहरुमा बैकप्रति निरासा छाउने गरेको छ । यस्तो गलत अभ्यासहरुले सिगो अर्थतन्त्रलाई असर गर्छ । यस्तो विषयमा सम्बन्धित निकायहरु संवेदशील हुनुपर्छ ।
देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो अवस्थामा छ यो वेलामा सवै संवेदनशील भएर काम गर्नुपर्ने वेला हो । सवै नेपाली नागरिकहरुलाई जिम्मेवार भएर सयमता अपनाउदै अगाडी बढ्न अनुरोध छ ।” एनआईसी एसिया बैकले नेपाल सरकारको प्रचलित ऐन, कानूनको अधिनमा रहेर राष्ट्रको लागि काहा, के गर्नुपर्छ त्यो भूमिका निर्वाह र्गछ । म प्रमुख कार्यकारीको हैशियतमा र व्याक्तिगत रुपमा मेरो अनुभव पनि लगाउन सक्छु ।
जनआकाश मिडियाका अध्यक्ष मोहन कार्की र एन आईसिएसियाका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य बीच २०८२ पौष २८ गते भएको कुराकानीको आधारमा आएको धारणा हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend