logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई परिवारका ९ जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, पुष २९ २०८२

काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको हो।



मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका(२) का हुन्। गाउँपालिका अध्यक्ष भरत गिरिले घटनाको पुष्टि गरेका छन्।वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ती नै जारी गरी दुई परिवारका ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार छन्। ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र २२ महिनाका राजन विकको मृत्यु भएको हो।

त्यस्तै ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको हो।ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादु शाहीले पनि आगलागीमा परी उनीहरूको मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकीलाई प्राप्त भएको बताए।

वडाका २ परिवारका ९ सदस्यको मृत्यु भएपछि मंगलबार वडाभरि शोक विदा दिइएको छ। वडासचिव कृष्ण चलाउनेका अनुसार दुवै परिवार हिमाचलमा काम गर्थे। हिमाचलमै रहेका काशीरामको भाइले घटनाबारे गाउँमा जानकारी दिएका थिए।

भारतीय सञ्चारमाध्यमहरूले सोमबार बिहान करिब साढे २ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएर एउटा घरमा आगलागी भएको जनाएका छन्।

फेन्सी पसल समेत रहेको उक्त घरमा आगालागी भएपछि छेउछाउका घरहरूमा समेत सल्किएको थियो।वेबइन्डियाका अनुसार १५ वटा भन्दा बढी पसलमा आगलागीबाट क्षति पुगेका छन्।

उक्त समाचारमा ९ जना नेपाली‍हरू ‍आगलागी भएपछि ‍घरभित्रै अड्किएका थिए भनेर उल्लेख गरिएको। पछि निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने भनिएको छ।

हिमाचलमै काम गर्दै आइरहेका भोला कुमारले भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै आफ्ना ४ आफन्तको मृत्यु भएको बताएका छन्।
आगलागी भएपछि चारै जनालाई उद्धार गरेर अस्पताल पुर्‍याएका थियौं। डाक्टरहरूले सबैलाई मृत घोषणा गरिदियो,उनले एएनआईसँग भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend