जन आकाश
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले राजीनामा दिएका छन्। शुक्रबार उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाएका हुन्।नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा बुझाएको प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले जानकारी दिए।
पाण्डेले घरायसी कारण देखाउँदै माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्। पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा छन्। उनले यसअघि नै महानगरप्रमुख बालेन शाहले राजीनामा दिनुअघि आफू पद छाड्ने तयारीमा रहेको बताएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend