जन आकाश
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभाको बैठक बसेको छ।आइतबार बिहान सिंहदरबारमा नवनिर्मित राष्ट्रिय सभाको हलमा बैठक बसेको हो ।
जेनजी आन्दोलनमा बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएपछि बैठक बसेको थिएन। आज बसेको बैठकमा राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक सकिएको छ। बैठक सात मिनेटमै सकिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend