logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

पोर्चुगलमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बिहिबार, माघ ८ २०८२

काठमाडौं । प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगलको आयोजनामा  पोर्चुगलमा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेपालीहरू राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) मा प्रवेश गरेका छन्।



पार्टी प्रवेश गर्नेहरूलाई कार्यक्रमका आयोजक तथा पार्टीका प्रतिनिधिहरूले स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए। परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका लागि नयाँ सदस्यहरूको सहभागिताले पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममार्फत रास्वपामा प्रवेश गर्नु अघि अर्जुन घिमिरे जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष तथा नोभा युनिभर्सिटी पोर्चुगलका प्राध्यापकका रूपमा क्रियाशील थिए। यस्तै, सीता ढकाल सुवेदी जनप्रगतिशील मञ्च पोर्चुगलकी अध्यक्ष तथा प्रदेश कमिटी सदस्य, उमेश कुमार खड्का एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष, रितु अधिकारी जनप्रगतिशील मञ्चकी महिला सचिव तथा गायिका–मोडल, दीपक बानिया तोरेस भेद्रास शाखाका अध्यक्ष, बिकेश श्रेष्ठ पिगोएस शाखाका अध्यक्ष, दीपक राई जनप्रगतिशील मञ्चका सदस्य तथा दीपक सोडारी अलगार्भ शाखाका उपाध्यक्ष रहेका थिए।

यसैगरी अमृता लामा, मदन जिरेल, पेमाछिरिङ शेर्पा, च्याङा शेर्पा, भीम विश्वकर्मा, नरेश सुनार, प्रकाश पाण्डे, सोनाम शेर्पा, पासाङ लामा, पुनाराम खराल, युवराज ढकाल, बालकृष्ण पाठक, प्रबिन श्रेष्ठ, मेघनाथ भण्डारी, ज्ञानबहादुर लामा, रमेश लामा, फुटी लामा, कमल लामा, लुङ्गु लामा, सुनिल क्षेत्री, अनुप भोलन, दावाछिरिङ शेर्पा, सुजन बस्नेत, डोल्मा शेर्पा, निमा शेर्पा, सुमन नेपाल, निशा शेर्पा, संगीता श्रेष्ठ, छिरिङ शेर्पा, दावाकुटी शेर्पा, देवी कँडेल, दिनेश शाह, शेखरजंग क्षेत्री, हेमलाल सापकोटा, अमृत लामा, राजेन्द्र दियाली, विमल भण्डारी, सबिन भट्ट, दानबहादुर मगर, क्षानबहादुर मगर, होमबहादुर गुरुङ, सुनिल रिजाल, शिशिर थापा, नवराज अर्याल, विजय पौडेल, कृष्ण गौतम, बिक्षान श्रेष्ठ, कृतिका अधिकारी, पूर्ण पौडेल र कुमार तामाङ लगायतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेका नेपालीहरूको संगठित सहभागिताले नेपालमा वैकल्पिक राजनीतिलाई बल पुग्ने उल्लेख गर्दै आगामी दिनमा पार्टीको गतिविधि थप प्रभावकारी बनाइने बताएका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend