logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्त श्रवण


  • जन आकाश
  • शुक्रबार, माघ ९ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीपञ्चमी वसन्तपञ्चमी का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन्।



त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए।
राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रथम महिला सबिता पौडेल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट महानुभावहरूको उपस्थिति थियो।

वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ। यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend