जन आकाश
दीपक राज पन्थी
काठमाडौं । जेन्जी आन्दोलनको राप र तापबाट जब केही आशालाग्दाु अनुहारहरू सिंहदरबार छिरे, भुइँमान्छेहरूले सोचेका थिए— अब चाहिँ देशको कुण्डली फेरिने भयो। तर, विडम्बना१ चुनावको सुइँको पाउनासाथ ती आशाका केन्द्रहरू त जिम्मेवारीु को पोको बाटोमै बिसाएर चुनावी मैदानमा दौडिएका छन्। कुलमान घिसिङ, महावीर पुन र बब्लु गुप्ता जगदीश खरेल।जस्ता हस्तीहरूले मन्त्री पदलाई फुल(टाइम) जबु भन्दा पनि पार्ट(टाइम इन्टर्नसिपु बनाएको देख्दा उदेक लागेर आउँछ।
१. कुलमानको अघोषित लोडसेडिङु उज्यालो नेपालका नायक कुलमान घिसिङले अँध्यारो हटाउन त जानेका रहेछन्, तर आफ्नै कार्यकालको जिम्मेवारीमा कसरी फ्यूजु जान्छ भन्ने कुरामा उनी अनविज्ञ देखिए। देशलाई नीतिगत उज्यालो चाहिएको बेला मन्त्री पदबाट राजीनामा दिएर चुनावी टर्चु बाल्न हिँड्नु कतिसम्म जायज होरु कामको चाङ छाडेर भोटको खेती गर्न दौडिनुले के सन्देश दिन्छ— देश बनाउनु भन्दा पद जोगाउनु ठुलो होरु
२. महावीरको राजीनामाआविष्कार
नयाँ(नयाँ )आविष्कारका कुरा गर्ने महावीर पुनले अन्ततः एउटा यस्तो सर्टकटु आविष्कार गरे, जसले सत्ताको कुर्सीलाई केवल एउटा विश्रामस्थलमा परिणत गरिदियो। राष्ट्रिय आविष्कार केन्द्रको जस्तो जोस सिंहदरबारमा देखिनुअघि नै उनले चुनावु नामक सफ्टवेयर अपडेट गरेर पुरानै राजनीतिको लय समाते। वैज्ञानिक मान्छेले त परिणाममुखी हुनुपर्ने होइन ररु तर यहाँ त परिणाम आउनुअघि नै ल्याबु छाडेर भाग्ने प्रवृत्ति देखियो।
३ बब्लु गुप्ता र सत्ताको ब्यापार
बब्लु गुप्ताजीका लागि राजनीति सायद एउटा यस्तो स्टक मार्केटु बन्यो, जहाँ उनले थोरै समय लगानी गरेर ठुलो एक्जिटु मारे। जनताको सेवा गर्ने सपथ खाएको मसी सुक्न नपाउँदै चुनावी जोड(घटाउमा) लाग्नुले उनको व्यापारिक कुशलताु त झल्काउला, तर राजनीतिक नैतिकताु भने रसातलमा पुगेको
छ।
४. जगदीश खरेलस् प्रश्नु सोध्ने ओठहरू उत्तरु नदिई किन भागिरेछन्रु
मिडियाको पर्दामा बसेर नेताहरूलाई र्याख्र्याख्ती पार्ने र देश किन बनेनरुू भन्दै घाँटीका नसा फुलाई(फुलाई) प्रश्न सोध्ने जगदीश खरेल जब आफैँ सत्ताको हट सिटु मा पुगे, जनताले सोचेका थिए— अब प्रश्न सोध्नेले उत्तर दिनेछ। तर, विडम्बना१ उनले त मन्त्रालयलाई नै एउटा टल्क शोु को सेट जस्तो बनाए। केही महिना सत्ताको माइकमा आफ्नो स्वर परीक्षण गरेपछि, जब काम गरेर देखाउने बेला आयो, तब उनले ब्रेकु लिएर चुनावी विज्ञापनतिर लाग्ने निर्णय गरे।
जगदीशजी, हिजो अरूलाई अजिम्मेवारु भन्दै क्यामरामा औँला ठड्याउँदा जति सजिलो थियो, आज आफैँ मन्त्री पदको जिम्मेवारी अलपत्र पारेर चुनावको मैदानमा लाइभु हुन जाँदा त्यति नै लाज लाग्नुपर्ने होइन ररु अरूले राजीनामा दिँदा सत्ताको लोभु देख्ने तपाईँको नजरले, आज आफ्नै राजीनामामा कुन क्रान्तिु देख्योरु
उनका ती तिखा प्रतिक्रियाहरू आज उनैतिर फर्किएका छन्। जनताले के पाएरुू भनेर सोध्ने खरेलजीले मन्त्री हुँदा जनतालाई के दिएरु केवल एउटा राजीनामा पत्रु
आफ्नो कार्यकाललाई एउटा छोटो भिडियोु जस्तो बनाएर, क्लाइमेक्स नआउँदै पर्दा छाडेर भाग्नुले के पुष्टि गर्छ भने भाषणको खेती गर्न सजिलो छ, तर शासनको गारो लगाउन निकै कठिन। मन्त्रालयको फाइलमा धुलो जम्दै गर्दा चुनावको र्यालीमा भाषण ठोक्न हिँड्नु एङ्करिङु त होला, तर लिडरसिपु पक्कै होइन मुख्य प्रश्नस् के जिन्जी आन्दोलनका यी प्रतिनिधिहरूले मन्त्री पदलाई केवल आफ्नो बायोडाटा बलियो बनाउने माध्यम मात्र बनाएका हुन्रु
अस्थिरताको नयाँ मोडेल
यी मन्त्रीहरूको कदमले एउटा खतरनाक भाष्य स्थापित गरेको छस् काम पर्दा भाग्ने, चुनाव आउँदा जाग्ने।चुनावको मिति तोक्ने अनि आफैँ मैदानमा उत्रिने यो अजिम्मेवारु खेलले सर्वसाधारणमा निराशा छाएको छ। जनताले उनीहरूलाई मन्त्रीका रूपमा केही परिवर्तनको बीउ रोप्न पठाएका थिए, तर उनीहरू त बाली काट्ने हतारोमा बीउ नै कुल्चेर हिँडेका छन्।
निष्कर्षस् सिंहदरबारको कुर्सी कुनै म्युजियमको सोपिस होइन, जहाँ केही समय बसेर फोटो खिचेपछि हिँड्न पाइयोस्। कुलमान, महावीर र बब्लुजीहरूले बुझ्नुपर्छ— जनताले काम हेर्छन्, केवल अनुहार होइन। आन्दोलनले ल्याएको अवसरलाई चुनावी स्वार्थमा तिलाञ्जली दिनु भनेको मतदाताको विश्वासमाथि गरिएको प्राविधिक धोकाु हो।
आन्दोलनको रापले राताताता भएका अनुहारहरू चुनावको राप देख्नेबित्तिकै सिंहदरबारको शितल ओत छाडेर किन सडकमा पछारिन पुगेरु के मन्त्री पद उनीहरूका लागि केवल एउटा भिजिटिङ कार्डु मात्रै थियोरु
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend