logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा


  • जन आकाश
  • बुधबार, माघ १४ २०८२

काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्धेश्यले विगत एक दशक देखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।



राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन्। २०० भन्दा धेरै स्टलहरु रहने उक्त प्रदर्शनीमा आफना बस्तु तथा सेवाहरु उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागीता जनाउँने व्यवसायी तथा उद्यमीहरु पनि निकै उत्साहित छन ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिलेसंयुक्तरुपमा विगत ११ वर्ष देखि निरन्तर रुपमा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोडदै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ  ।

यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री तथा प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलि आएका
नविन्तम प्रविधि, सेवा तथा बस्तुहरु नेपालमा भित्राउने अवसर समेत प्रदान हुँदै आएकोे छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिल लगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवाहरु पाउन सकिन्छ ।

निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सम्पूर्ण पक्षहरुलाई समेटिएको विशाल व्यवसायिक संजाल निर्माण गर्न सफल यस प्रदर्शनीमा राष्टिय तथा अन्तर्राष्टि « य ख्याती « प्राप्त कम्पनी, व्यवसायी,उत्पादक, वितरक, डिजाईनर, ईन्जिनियर, आर्किटेक्ट एवं निर्माण सँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरुका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संध संस्थाका र सर्वसाधारणहरुको पनिउल्लेखनीय उपस्थिति रहने छ । प्रदर्शनीको मूख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको
छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend