logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस


  • जन आकाश
  • बुधबार, माघ १४ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आयोगले राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो ।



राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा.जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend