logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अनियन्त्रित भएर बीच सडकमा पल्टियो दाङबाट काठमाडौं आउँदै गरेको बस


  • जन आकाश
  • शुक्रबार, माघ १६ २०८२

काठमाडौं । (नारायणघाट) सडक खण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२(००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अन्दाजी ३ः१० बजे चितवनको भरतपुर महानगरपालिका(२९) घुमाउनेस्थित नारायणघाट(मुग्लिन) सडक खण्डमा दुर्घटना भएको हो।



‍ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनील थापाका अनुसार बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। घाइतेमध्ये २ जना उपचार पश्चात डिस्चार्ज भइसकेको पनि उनले जानकारी दिए।

बाँकी घाइतेहरूमध्ये मौलाकालिका अस्पतालमा १५ जना, पुरानो मेडिकल कलेजमा १७ जना, नयाँ मेडिकल कलेजमा ५ जना र अरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस सडकबाट उठाएर अस्थायी प्रहरी चौकीमा ल्याइएको र सडक अवरूद्ध नरहेको इन्स्पेक्टर थापाले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend