logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ


  • जन आकाश
  • आइतबार, माघ १८ २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुको ३० लाख मतपत्र छपाइ सकेको छ।
शनिबार रातिसम्मको तथ्यांकअनुसार ३० लाख मतपत्र प्रत्यक्ष तर्फको छापिएको निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।



अहिले २५ जिल्लाको मतपत्र छापिएको हो। उनकाअनुसार दैनिक १२ देखि १५ लाखको हाराहारीमा मतपत्र छपाइ हुँदै आएको छ।निर्वाचन तालिका अनुसार नै काम भइरहेको उनले बताए।

त्यसैगरी समानुपातिक तर्फको मतपत्र सबै छाप्ने काम सकिसकेको पनि उनले बताए समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिएका छन्।मतपत्र छाप्ने कामको हामी छिट्टै सक्छौं। हामी निर्वाचन कार्यतालिका भित्रै छौं,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend