logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सशस्त्र प्रहरीले ललितपुरबाट पेस्तोल सहित ३ जनालाई लियो नियन्त्रणमा


  • जन आकाश
  • बुधबार, माघ २१ २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोल सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा जिल्ला भिमेश्वर नगरपालिका– ९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षकै सुशील स्याङ्तान र सुनसरी जिल्ला धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।



उनीहरूलाई पेस्तोल सहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend