logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना


  • जन आकाश
  • आइतबार, माघ २५ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वकप टि–२० खेल्न लागेका नेपाली टोलीलाई विजयीका लागि शुभकामना व्यक्त गरेकी छन् ।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै नेपालको संसारभर फैलिएका प्रशंसकको पनि साथ रहेको बताएकी छन् । उनले कप्तान रोहित पौडेलको टोलीले नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास राखेकी छन् ।



उनले भनेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ–नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति ।

तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार–सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः । अनि धेरै माया पनि ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend