जन आकाश
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मसानटार भन्ने ठाउँबाट तामाकोशी नदीमा बस खसेको हो ।
प्रदेश ३ ०१(००५)ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend