logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रहरीले खोज्न थाल्यो पैदलयात्रीलाई मुक्का हान्ने कार चालक


  • जन आकाश
  • मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । ‘भिडियो हामीलाई पनि प्राप्त भएको छ । हामीले कार र व्यक्ति पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं । कारबाहीको दायरामा ल्याउँछौं,’ भट्टराईले भने ।

कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ । सामाजिक संञ्जालमा अहिले यो भिडियो भाईरल नै भएको धेरैले प्रतिक्रिया दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend