logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

रामेछापमा पार्टीहरुको घरदैलो तिव्र, जनता परिवर्तनको पक्षमा


  • जन आकाश
  • बुधबार, फाल्गुन ६ २०८२

रामेछाप । रामेछाप जिल्लामा प्रतिनिधिसभा सदस्यको लागी राजनीतिक पार्टीहरु आफ्नो उम्मेद्धार जिताउन घरदैलो अभियाँनमा पुगिरहेका छन् । रामेछापमा नेपाली काँग्रेसवाट रामचन्द्र खड्का, एमालेवाट माधव ढुङगेल, रास्वपावाट डा. कृष्णहरि बुढाथोकी, नेपाली कम्युनिष्ट पार्टीवाट श्याम कुमार श्रेष्ठ, श्रम संस्कृति पार्टीवाट डिवी मगर, राप्रपावाट गोरे तामाङ, उज्यालो नेपाल पार्टीवाट दिप कुमार योञ्जन लगायत स्वतन्त्र उम्मेद्धार गरी १७ जनाले प्रतिनिधिसभाको लागि प्रतिस्पर्धा गर्दैछन् ।



यतिवेला नेपाली काँग्रेस रामेछाप नगारपालिकामा वाडन.७, ६ र ५ मा घरदैलो कार्यक्रममा रहेको छ । नेपाली कम्युनिष्ट पार्टी दोरम्बा गाउँपालिका पुगेको छ । नेकपा एमालेको गोकुलगंगा गाउँपालिकामा घरदैलो गर्दैछ । श्रम संस्कृति पार्टीभेटघाट मात्र गरिरहेको औपचारिक कार्यक्रम नरहेको बताएको छ ।

उज्यालो नेपाल पार्टीको लिखु तामाकोसी गाउँपालिकामा धोवीमा भव्य कार्यक्रम गर्ने राम कुमार मैनालीले बताएका छन् । राप्रपाको रामेछाप नगरापालिका वाडन. ४ हिमगंगा र ३ साघुटारमा, घरदैलो कार्यक्रम गर्दै गरेको सोम प्रसादाले बताएका छन् । रास्वपाको प्रदेश ख क्षेत्रका अधिकाँस घरदैलो सकेर गोकुलगंगा हुदै ४ गते उमाकुण्ड गाउँपालिकाको गुम्देलवाट बाम्ती हुदै कुभुकास्थाली सकेर आज वाडन ४ र ५ को प्रीतिमा कार्यक्रम भइरहेकोे रास्वपाका टेक बहादुर सुनुवारले जानकारी दिएका छन् ।

समग्रमा सवै राजनीतिक पार्टीका उम्मेद्धारहरुले मत आफुलाई दिन अनुरोध गरेका छन् । आ–आफ्नो पार्टीको एजेन्डासहित दावीहरु पनि गर्दै भोट माग्न व्यस्त छन् । त्यसमध्य वाहिरबाट हेर्दा र घरदैलोलाई तिव्र रुपमा रास्वपाले गरेको प्रचार र नागरिकहरुको आकर्षण हेर्दा रामेछापका जनताहरु परिवर्तनको पक्षमा देखिएका छन् । रामेछापमा नयाँ पार्टीहरु जस्तै उज्यालो, श्रम संस्कृति रास्वपा मध्य रास्वपा बलियो अवस्थामा देखिएको छ । त्यसैले जनताले पनि रास्वपाले जित्ने अडकल गर्न थालेको देखिन्छ ।

मत परिणाम नआउनजेलसम्म यस्तै हुन्छ भन्ने अवस्था छैन । १७ जना उम्मेद्धार नै रामेछापका लागी योग्य उम्मेद्धार हुन् । सवैभन्दा बढी मत कसले ल्याउछ उसैले रामेछापवाट संसदको लागि प्रतिनिधि बनेर सदनमा जानेछ । सवै उम्मेद्धारलाई शुभकामना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend